News Griha :: न्यूजगृह
विद्यालय कर्मचारी र ईसीडी, राहतलगायत सबै शिक्षकका माग सम्बोधन गर्न आग्रह

काठमाडौं— शिक्षक हकहित मञ्च नेपाल चितवनले दिनेश प्रजाको संयोजकत्वमा २५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा ज्योति गुरुङ, महिला उपाध्यक्षमा बबिता शर्मा, सचिवमा लोकराज बराल, सहसचिवमा शिवप्रसाद अर्याल, कोषाध्यक्षमा सन्दीप सुवेदी, सह–कोषाध्यक्षमा इन्द्रकुमारी गुरुङलगायत छन् ।

नवीन गुरुङ, अरुण प्रजा र केशव प्रजालाई प्रदेश प्रतिनिधिमा चयन गरिएको छ भने केन्द्रीय प्रतिनिधिमा देवबहादुर गुरुङ, दिनेश पन्त, ए.जि.परियार, पार्वती केसी, पार्वती पन्त बस्नेत चयन भएका छन् ।

सल्लाहकार सदस्यमा विपिन पाठकलाई चयन गरिएको शिक्षक हकहित मञ्चले जनाएको छ । निर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यलाई शिक्षक हकहित मञ्चका केन्द्रीय अध्यक्ष ज्योति नारायण ढकाल र केन्द्रीय कोषाध्यक्ष सरस्वती अर्याल वाग्लेले बधाई तथा शुभकामना दिए ।

शिक्षक हकहित मञ्चले अवधि थप गरी २०७५ चैत ४ गतेपछि हालसम्मका स्थायी नियुक्ति लिएका शिक्षकलाई साविक बमोजिमकै पेन्सन उपलब्ध गराउन माग गरेको छ ।

त्यसैगरी सरकारले अस्थायी करार, राहत, अनुदान शिक्षक, बाल विकास शिक्षक, विद्यालय कर्मचारी, विस्थापित शिक्षकलगायत सबै प्रकृतिका स्थायी, अस्थायी शिक्षकका माग पूरा गर्नुपर्ने मञ्चले बताएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०८:१७
Weather Update