News Griha :: न्यूजगृह
कांग्रेस महामन्त्री शर्माले देखाइदिए एमाले युवा नेताहरूको हैसियत !

काठमाडौं— सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्माले पार्टीमा एमाले युवा नेताहरूको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ (क) प्रदेश कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले सो टिप्पणी गरेका हुन् ।

कांग्रेसका युवाहरूले आफ्नो सन्देश दिनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिस्पर्धा गर्ने आँट गरे पनि एमालेका युवाहरूमा पार्टी अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धाका लागि साहस गर्ने आँटसम्म नभएको महामन्त्री शर्माको टिप्पणी थियो ।

शर्माले एमालेका युवा नेताहरूलाई पनि संसदीय दलको चुनावमा केपी ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिँदा उनीहरूबाट आफूहरूको अवस्था ‘कुनामा बस्ने, दुनामा खाने’ जवाफ पाएको बताए ।

तर कांग्रेसका युवाहरूले भने गगन थापालाई संसदीय दलमा हारिन्छ भन्ने थाहा हुँदाहुँदै उम्मेदवारी दिन लगाएर युवाहरू पनि पार्टीमा छौं भन्ने सन्देश दिइएको स्पष्ट पारे ।

उनले अब कांग्रेसबाट सिको गर्दै सबै राजनीतिक दलहरूले पार्टीका बैठकहरू लाइभ गर्ने दाबी समेत गरे ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०७:३३
Weather Update