News Griha :: न्यूजगृह
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं— सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठककले यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ ।

यसअघि शनिबार बसेको बैठमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इटाली भ्रमण र उपाध्यक्ष पम्फा भुसालले भारत भ्रमणबारे ब्रिफिङ गरेका थिए ।

केही दिन पहिले पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले सो एजेण्डाका विषयमा छलफल गरेको थियो । सो बैठकले तयार गरेका केही एजेण्डामा अन्य केही थप गरेर आज अन्तिम रुप दिन लागिएको बताइएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आगामी बुधबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बस्ने तय भएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०६:४८
Weather Update