कास्कीमा भारी वर्षाका कारण बाढीपहिरोको जोखिम

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले कास्कीमा अतिभारी वर्षा भएको हुँदा बाढीपहिरोको जोखिम रहेको जनाएको छ ।
आइतबार एक सूचना जारी गर्दै महाशाखाले कास्कीको जुम्लेटी पोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ लगायत कास्की पर्वत आसपासमा पछिल्लो ६ घण्टा अतिभारी वर्षा भएको जनाएको हो ।
सो क्षेत्रका साना खोलाहरूमा आकस्मिक बहावको जोखिम रहेको जनाउँदै महाशाखाले कुस्मा पोखरा सडकखण्ड, घान्द्रुक र आसपास पहिरोको जोखिम भएकाले कमजोर भिरालो जमिनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० ०६:१५













