News Griha :: न्यूजगृह
 झापामा भारी वर्षा 

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले झापामा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको जनाएको छ ।

वर्षा मापन अपडेट सार्वजनिक गर्दै महाशाखाले आइतबार विहान सो जानकारी गराएको हो ।

महाशाखाले भन्यो,‘झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने ससाना खोलामा बाढीको जोखिम छ ।  तटीय डुबान भइरहने होचा भू–भागमा उच्च सतर्कता अपनाऔँ ।’

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०६:०९
Weather Update