News Griha :: न्यूजगृह
आज ४२ जनामा कोरोना 

काठमाडौं— पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार ९१५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

३०० पीसीआर परीक्षण गर्दा ३७ जनामा र ६१५ एन्टिजेन परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साथै पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाइरस संक्रमणमुक्त हुँदा ४१ हजार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या १२३ रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १७:२२
Weather Update