शैक्षिक क्यालेन्डर लागू गर्न नसक्दा शिक्षा क्षेत्रमा समस्या देखियाे : पूर्वशिक्षामन्त्री पौडेल

काठमाडौं— पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्यालेन्डर लागू गर्न नसक्दा शिक्षा क्षेत्रमा समस्या देखिएको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वशिक्षामन्त्री पौडेलले शैक्षिक क्यालेन्डर लागू गर्न नसक्दा विद्यार्थीमा असर परेकाले त्यसमा ध्यान दिनुपर्ने बताए ।
उनले विश्वविद्यालयले गुणस्तर जनशक्ति उत्पादन गरे मात्र विद्यालय तहका विद्यार्थीले गुणस्तर शिक्षा पाउने बताए ।
‘जब विश्वविद्यालयले गुणस्तर जनशक्ति उत्पादन गर्छ तब विद्यालय तहका विद्यार्थीले गुणस्तर शिक्षा पाउँछन्’, उनले भने ।
प्रकाशित मिति: शनिबार, साउन १३, २०८० १९:३८













