News Griha :: न्यूजगृह
शैक्षिक गुणस्तर सुधार्न शिक्षकलाई तालिम

सर्लाही— बाग्मती नगरपालिकाले विद्यार्थीको शैक्षिक अवस्था सुधार्न गर्न शिक्षकलाई क्षमता विकास तालिम दिन सुरुआत गरेको छ ।

नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकको सिकाइ सीपसँगै क्षमता विकासको तालिम प्रदान गर्न थालिएको नगरशिक्षा शाखाका प्रमुख मिनप्रसाद उपाध्यायले जानकारी दिए ।

नगरपालिकाभित्र २५ सामुदायिक विद्यालयका करिब दुई सय शिक्षकलाई एकैपटक तालिम दिन सुरु गरिएको उनले बताए ।

शिक्षकलाई प्रविधिसँग जोड्न कम्प्युटर तालिम,बालबालिकालाई हसाउँदै खेलाउँदै पढाउनका लागि शैक्षिक सामग्री निर्माणको तालिम र राम्रो लेखनका लागि हस्तलेखन अभ्यास गराइएको छ  ।

नगरले ‘मन्टेश्वरी’ शिक्षण पद्धतिअनुसार नगरका सामुदायिक विद्यालयमा पठनपाठन गराइरहेको र नगरको सामुदायिक शिक्षाको गुणस्तर सुधारमा उच्च प्राथमिकता दिएको नगर प्रमुख भरतकुमार थापाले बताए ।

बृहतर राष्ट्रिय शिक्षा अभियानका अभियन्ता अभिषेक घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि प्रशिक्षकका रूपमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १९:०२
Weather Update