News Griha :: न्यूजगृह
कोशी सरकार निर्माण विषयमा सत्तारुढ शीर्ष नेताबीच बालुवाटारमा छलफल
फाइल तस्बिर

काठमाडौं— सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन् । मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा उनीहरूले छलफल गरेका हुन् ।

उनीहरुबीच कोशी प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा अनौपचारिक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमणपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको सहभागिता थियो ।

सर्वोच्च अदालतले कोशी प्रदेशको सरकार गठनको नयाँ प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १८:०६
Weather Update