News Griha :: न्यूजगृह
सय केजी सुन प्रकरण : भरिया समाउने, मालिक उम्काउने खेल हुनसक्ने भन्दै रविले गराए सचेत

चितवन— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग शनिबार उनले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गरे ।

 सभापति लामिछानेले भने, ‘भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ । केही राम्रा सङ्केत पनि देखिएका छन् । तर ति पर्याप्त छैनन् ।’ सरकारको मूल्याङ्कन गर्ने धेरै आधार हुने बताउँदै उनले सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताए । यद्यपि,  सुन काण्डमा सरकारले चित्तबुझ्दो काम गर्न नसकेको उनको भनाई थियो ।

सभापति लामिछानेले सय केजी सुन प्रकरणमा भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्ने भन्दै सबैलाई सचेत हुन आग्रह समेत गरे । ‘गलत कुरालाई पार्टीभित्र प्रवेश गर्न दिँदैनौँ,’ उनले भने ।    

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १५:०१
Weather Update