News Griha :: न्यूजगृह
३ क्षेत्रमा मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौं— निर्वाचन आयोगले आगामी १० वैशाख आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि न्यायपरिषद्को परामर्शमा बिहीबार मुख्य निर्वाचन अधिकृतको नियुक्ति गरेको छ ।

यही १८ चैत्रदेखि लागु हुने गरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृतमा चितवन क्षेत्र नं. २ का लागि चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं.२ का लागि बारा जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं.१ का लागि तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य रहेका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै १८ चैत्रदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने र उपनिर्वाचनका लागि यही २० चैत्रमा उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको प्रवक्ता पौड्यालले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १७:०८
Weather Update