छात्रवृत्तिका लागि आवेदन दिने समय थप

काठमाडौं— काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति कोटामा अध्ययन गर्न दिने आवेदनको समय तीन दिन थप गरेको छ ।
महानगर शिक्षा विभागले सूचना जारी गर्दै साउन १२ गते राति ११:५९ बजे सम्म दिइएको अवधिलाई तीन दिन थप गरेको हो ।
अब इच्छुक विद्यार्थीले साउन १५ गते दिउँसो ३ बजेसम्म आवेदन दिन पाउने गरी समय थप गरेको छ ।
कागजात मिलाउन समय लागेको, प्रमाण पत्र प्राप्त नभएको जस्ता कारण आफूहरू आवेदन दिनबाट बञ्चित भएको विद्यार्थीहरूले गुनासो गरेपछि ३ दिन म्याद थपिएको शिक्षा अधिकारी सीताराम कोइरालाले बताए ।
करिब ४ हजार ३ सय विद्यार्थीलाई उपलब्ध हुने छात्रवृत्तिका लागि अहिलेसम्ममा ५ हजार ७२८ जनाको आवेदन प्राप्त भएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८० ०७:५४













