
काठमाडौं— नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले तनहुँ १ मा पार्टीको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।
बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको संसदीय समिति र केन्द्रिय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई १० वैशाखको उपनिर्वाचनमा उम्मेदवार बनाउने नर्णय गरेको थियो । बैठकपछि भट्टराईले विगतमा झैँ यसपटक पनि तनहुँ १ मा कांग्रेस नै विजयी हुने बताए ।
उनले गठबन्धनमा आवद्ध दलहरु एक भएर चुनावमा प्रतिष्पर्धा गर्ने समेत बताए । उनले भने, ‘तनहुँ १ मा नेपाली कांग्रेसकै जित सुनिश्चित छ । यसैपनि त्यो क्षेत्र नेपाली कांग्रेसले नै जितको क्षेत्र हो । अहिले पनि हामी गठबन्धनमा छौँ, विगतमा प्राप्त मत भन्दा बढी मत थप्न अहिले जति प्रतिष्पर्धी साथीहरु हुनुहुन्थ्यो टिकट लिनका लागि उहाँहरु र पार्टीको पूरा स्टक्चर र गठबन्धनका संरचनाहरु एकमत भएर हामी भारी बहुमतले जित्नेछौँ । जित्ने आधार धेरै छन् । अरु भाषण मात्रै गर्छन् मैले काम नै पूरा गरेको छु । मैले गरेका कामहरुबाट नै मेले निर्वाचन जित्नेछु । गठबन्धनले मलाई सहयोग गर्नेमा विश्वस्त छु ।’
आफूले गरेका कामहरु नै जितको आधार भएको बताए ।













