शेखर कोइराला भन्छन्— कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ

मोरङ— नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा गठन हुने विश्वास व्यक्त गरेका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले काम चलाउ मुख्यमन्त्रीको रूपमा रहेका थापा कांग्रेस संसदीय दलका नेतासमेत रहेकाले आगामी सात दिनभित्र उनको नेतृत्वमा गठबन्धन सरकार निर्माण हुने विश्वास व्यक्त गरे ।
नेता कोइरालाले विगतमा आफूले सभामुखले सरकार निर्माणमा हस्ताक्षर गर्नु गलत हो भन्ने कुरा अहिले पुष्टि भएको पनि बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० १९:४७













