शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट नेता शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् । सत्तासाझेदार दलको भागबण्डामा लोसपालाई एक मन्त्रालय परेको छ ।
‘नेता भण्डारी पार्टीकोतर्फबाट मन्त्री बन्ने निश्चित भएको छ, यो सर्वसम्मत निर्णय हो’, एक नेताले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै मन्त्रिमण्डल विस्तारको तयारीमा छन् । स्रोतका अनुसार भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्नेछन्।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९ १४:२१













