मन्त्री छान्न कांग्रेसले दियो देउवालाई जिम्मा

काठमाडौं— नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ।
बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको जिम्मेवारी सभापति देउवालाई दिएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार देउवाले सबैसँग सल्लाहकार गरेर मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने छन् । प्रधानममन्त्रीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
‘सरकारमा पठाउने मन्त्रीको नाम योगदान, दक्षता, समावेशीता, प्रादेशिक सन्तुलन लगायतका आधारमा चयन गर्ने निर्णय भयो । मापदण्ड हेरेर सभापति ज्यूले नै नाम टुंगो लगाउनुहुन्छ,’ उनले भने ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९ १३:३५













