News Griha :: न्यूजगृह
शुद्धोधन गाउँपालालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र बिचौलिया घुससहित पक्राउ

काठमाडौं— रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र बिचौलिया घुस रकमसहित पक्राउ परेका छन्। 

अख्तियार दुरूपयोग अनुसनधान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई बिहीबार सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको हो ।

प्रवक्ता प्रवक्ता भोला दाहालका अनुसार प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी, वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भर पक्राउ परेका हुन्। 

उत्खनन् गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थ बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि मरासिनी र यादवले सेवाग्राहीसँग ५० हजार घुस लिएको दाबी अख्तियारको छ । 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १३:२१
Weather Update