महिला कर्मचारीले १ वर्ष प्रसूति बिदा पाउने !

गान्तोक— भारतीय राज्य सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा दिने घोषणा गरेका छन् ।
सिक्किमको स्टेट सिभिल सर्भिस अफिसर्स एशोसिएशनको वार्षिक बैठकलाई बुधबार सम्बोधन गर्दै तामाङले महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा दिने घोषणा गरेका हुन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार नयाँ बिदा लागू गर्न सेवा कानुन संशोधन गरिनेछ । ‘यो संशोधनबाट सरकारी कर्मचारीलाई आफ्ना बच्चा र परिवारको राम्रो हेरचाह गर्न मद्दत पुग्नेछ,’तामाङको भनाइ उद्धृत गर्दै पीटीआईले भनेको छ ।
श्रीमती सुत्केरी भएका पुरुष कर्मचारीले पनि एक महिना बिदा पाउने छन् । मातृत्व लाभ अधिनियम १९६१ अनुसार महिला कर्मचारीले ६ महिना प्रसूति बिदा पाउँछन् ।
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० २०:५२













