News Griha :: न्यूजगृह
लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

काठमाडौं— आन्दोलनरत लघुवित्त पीडितको समस्या समाधान गर्न अर्थ मन्त्रालयले वार्ता समिति गठन गरेको छ ।

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भूपाल बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।

वार्ता समितिमा अर्थ मन्त्रालयसँगै गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि समेत रहने छन् ।

समितिले लघुवित्त पीडित समितिसँग वार्ता तथा छलफल गरी समस्या समाधानको उपाय समेत सिफारिस गर्नेगरी कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।

आन्दोलनरत पक्षले लघुवित्तले गाउँगाउँका गरिब निमुखाहरुलाई कर्जाको नाममा ठगी धन्दा चलाएको बताएका छन् ।  

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १८:५५
Weather Update