केन्द्रले पठायो प्रदेश शिक्षा मन्त्रालय र स्थानीय तहलाई पत्र, शिक्षामा विनियोजित बजेट विवरण पठाउन अनुरोध

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना तथा अनुगमन शाखाले आर्थिक वर्ष २०८०/८१ को शिक्षा क्षेत्रको विनियोजित बजेटबारे प्रदेश तहमा शिक्षा हेर्ने सामाजिक विकास शिक्षा मन्त्रालय (सबै प्रदेश) तथा सबै स्थानीय तहलाई बिहीबार पत्र पठाएको छ ।
ससर्त अनुदान बाहेक प्रदेश र स्थानीय तहबाट आर्थिक वर्ष २०८०/८१ मा शिक्षा क्षेत्रमा विनियोजित बजेट एकिकृत गर्नुपर्ने भएकाले प्रदेश र स्थानीय तहबाट विनियोजित बजेट विवरण पठाउन सो शाखाकी अधिकृत मुक्तादेवी पोखरेलले अनुरोध गरेकी छिन् ।
हार्ड कपी सो शाखामा र सफ्ट कपी पत्रमा उल्लेखित इमेलमा साउन १५ गतेभित्र पठाउन पनि पोखरेलले अनुरोध गरेकी छिन् ।
पत्र यस्तो छ
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० १८:३६













