News Griha :: न्यूजगृह

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङ्देनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका छन् ।

कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरुलाई उपहार दिने क्रममा दोलखाबाट आएको टिमलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट गर्दै सञ्चारकर्मीले राखेका प्रश्नको जवाफमा उनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘जनप्रतिनिधिको संख्या कटौती गर्नुपर्छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुई वटा काम नै छैन । औचित्य छैन । राष्ट्रिय सभा खारेज र प्रतिनिधि सभा सदस्य घटाउनुपर्छ ।’

अध्यक्ष लिङ्देनले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान जरैसम्म पुग्नुपर्ने र अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग नबनाए १५ गते बस्ने प्रतिनिधि सभामा विरोध गर्ने चेतावनी दिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १८:०५
Weather Update