News Griha :: न्यूजगृह
साउन र भदौमा रास्वपाले सातै प्रदेशमा प्रशिक्षण सक्ने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीले साउन र भदौलाई कार्यकर्ता प्रशिक्षणको महिना बनाएको छ ।

रास्वपाले साउनमा कोशी, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको प्रशिक्षण गर्ने छ । बाँकी तिन प्रदेशमा भदौमा प्रशिक्षण हुनेछ । रास्वपाले कोशी र लुम्बिनीको प्रशिक्षण सकिसकेको छ ।

गण्डकी प्रदेशको प्रशिक्षण साउन २६ र २७ पोखरामा हुने तय भएको छ भने सुदूरपश्चिमको प्रशिक्षण धनगढीमा साउन १९ र २० का लागि तोकिएको छ । शुक्रबार र शनिबार साउन १२ र १३० हेटौडामा गर्ने भनिएको प्रशिक्षणको मिति स्थगित गरिएको छ ।

बागमती सहित मधेस र कर्णालीको प्रशिक्षण भदौमा गरिने गरि पुन मिति तय हुने प्रशिक्षण विभागका सचिव कमल सुवेदीले जानकारी दिए ।

पहिले निर्धारित समय अनुसार भदौ १ र २ मधेस र  भदौ ८ र ९ कर्णालीको प्रशिक्षण गर्ने तय भएको थियो । तिन प्रदेशको प्रशिक्षण भदौमा गर्ने गरि अर्को मिति सार्वजनिक गरिने सुवेदीले जानकारी दिए ।

प्रशिक्षणमा सहभागी हुनेहरूमा प्रदेश कमिटीका सदस्य, निर्वाचन क्षेत्र समिति, पालिकाका पार्टी अध्यक्ष, सम्बन्धित क्षेत्रको सांसद, केन्द्रीय सदस्य लगायत सहभागी हुनेछन् ।  प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा सभापति रवि लामिछाने सहित शीर्ष ११ जना नेताले प्रशिक्षण दिनेछन् । 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १५:३८
Weather Update