आगामी तीन दिन केही नदीमा जलसतह उच्च रहने

काठमाडौं— नेपाल बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन केही नदीमा जलसतह उच्च रहने जनाएको छ ।
आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह उच्च रहने हुँदा सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।
महाशाखाले नदी तटिय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० ०८:५७