News Griha :: न्यूजगृह
१०० किलो सुन तस्करी प्रकरणमा एक जना समातिए

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

राजश्व अनुसन्धान विभागले बुधबार थप एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नरेश भनिने सुरेन्द्र तामाङ हुन‍् ।  

योसँगै विभागले १७ जनालाई पक्राउ गरेको छ ।

विभागले बुधबार साँझ सोह्रखुट्टेस्थित एक गोदाममा छापा मारेको छ । जहाँबाट ब्रेक शुलगायत विभिन्न सामान बरामद गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०७:०८
Weather Update