News Griha :: न्यूजगृह
शिक्षक लाइसेन्ससम्बन्धी आयोगका कुरा [सूचनासहित]

काठमाडौं— शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रका लागि आवेदन माग गरेको छ ।

आयोगको साउन १० गतेको निर्णयानुसार शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ख) बमोजिम आवेदन माग गरेको हो ।

अध्यापन अनुमतिपत्रका लागि  आवेदन आजदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत अनलाइन आवेदन दिन सकिने आयोगले जानकारी दिएको छ ।

अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवम् पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन र संशोधन तथा थपघट गर्न नसकिने व्यहोरा आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

यो सूचना हेर्नुहोस्

teachers1690419310.jpg

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०६:३९
Weather Update