News Griha :: न्यूजगृह
कस्तो रहला आज बिहीबार मौसम ? 

काठमाडौं— देशका केही प्रदेशमा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बाग्मती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । देशका पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०६:१३
Weather Update