काठमाडौंका यी खोलामा बाढी, सतर्क रहन आग्रह
काठमाडौं— काठमाडौंका विभिन्न क्षेत्रमा आज बिहानैदेखि भारी वर्षा भइरहेको छ ।
बूढानीलकण्ठ, जितपुर र आसपास पछिल्लो दुई घण्टामा भारी वर्षा भएको छ । विष्णुमती नदीको गोंगबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ ।
विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
#SMSAlert
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 26, 2023
साउन ११ बिहान ३बजे
काठमाडौंको बुढानिलकण्ठ,जितपुर र आसपास पछिल्लो २ घण्टामा भारी वर्षा भएको, विष्णुमती गोङ्गबुमा जलसतहले सतर्कता नजिक पुगेको,विष्णुमती,ईच्छुमती,धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्छ,७ बजे सम्म उच्च सतर्कता अपनाऔँ@NDRRMA_Nepalpic.twitter.com/DZuU9nXmhE
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० ०६:०६