मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिन कांग्रेसको माग
काठमाडौं— नेपाली कांग्रेसले मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिन सरकारसँग माग गरेको छ ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेशमा न्यून वर्षा भएका कारण समयमा खेती हुन नसकेको बताए ।
उनले सो प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरे ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० १९:०२