News Griha :: न्यूजगृह
मन्त्रालय टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी 

काठमाडौं— मन्त्रालयको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

सत्ता गठबन्धनका दलहरूबीच मन्त्रीको भागबन्डा मिले पनि मन्त्रालयको बाँडफाँट टुंगो लागेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई कुन मन्त्रालय कुन पार्टीलाई दिने भन्नेबारे आफूले गरेको मन्त्रालयको बाँडफाँट निर्णय सुनाउने बताइएको छ ।

मन्त्रिपरिषद् विस्तार आजै गर्ने प्रधानमन्त्रीको तयारी छ ।

मन्त्रीको टुंगो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि केहीबेरमा बस्दैछ । 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ०९:०९
Weather Update