News Griha :: न्यूजगृह
१०० किलो सुन तस्करी प्रकरणमा सरकारी कदम सकारात्मक छ : एकीकृत समाजवादी

काठमाडौं— नेकपा एकीकृत समाजवादी पार्टीले १०० किलो सुन तस्करी प्रकरणमा सरकारी कदम सकारात्मक रहेको बताएको छ ।

सो पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका कार्यवहाक अध्यक्ष राजेन्द्र पाण्डेले सरकारको एउटा अङ्ग कमजोर देखिए पनि अर्को अङ्गले तत्काल कारबाही थालेको भन्दै सुरुआती गतिविधि सकारात्मक रहेको बताए । तर बाहिर उठेका प्रश्नहरूको जवाफ थप अनुसन्धान र कारबाहीबाट दिनुपर्ने उनको भनाइ छ ।

‘सुन काण्डकै सवालमा सरकारको एउटा अङ्ग कमजोर भएको देखियो । अर्को अङ्गले त्यसलाई तत्काल कारबाही गर्न सफल भएको देखियो । सरकारको यस्तो खालको गतिविधिलाई अध्ययन अनुसन्धान गर्ने र नियन्त्रण गर्ने सबै अङ्गहरु उत्तिकै चलाख हुनुपर्छ,’उनले भने ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १८:०२
Weather Update