News Griha :: न्यूजगृह
१०० किलो सुन तस्करी प्रकरण : ‘नाइकेलाई जोगाउने काम बन्द गरियोस्’

काठमाडौं— नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले १०० किलो सुन तस्करीको बारेमा सरकारले यथार्थ जानकारी गराउनु पर्ने बताएका छन् ।

बुधबार बसेको संसद् बैठकमा बोल्दै सांसद खतिवडाले भरियालाई पक्राउ गरेर नाइकेलाई जोगाउने काम बन्द गर्न आग्रह गरे ।

उनले भने,‘सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा एउटा भरिया ड्राइभरलाई, एउटा खलासीलाई पक्रेर मेन नाइकेलाई जोगाउने काम गर्नुहुँदैन र सत्यतथ्य छिटो भन्दा छिटो सरकारले संसदलाई जानकारी गराओस् ।’

उनले नेपाली जनताको घरमा दसैँमा खान ५ केजी चामल हुँँदैन तर देशमा १०० किलो सुन आयात निर्यात हुने गरेको पनि बताए ।

सरकार नेपाललाई तस्करहरुको ट्रान्जिट पोइन्ट बनाउने खेलमा लागेको जस्तो देखिएको आरोप समेत सांसद खतिवडाको थियो ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १७:२८
Weather Update