कोशी प्रदेश सरकार गठन विवाद
कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आज पनि सुनुवाइ भएन

काठमाडौं— कोशी प्रदेश सरकार गठनसम्बन्धी विवादको रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा सकिएको छ ।
रिटउपर सर्वोच्च अदालतको पूर्ण इजलासमा मंगलबारदेखि बहस भइरहेको छ ।
हिजो मंगलबार हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखेर भोलि बिहीबारलाई फैसला सारिएको हो ।
सरकार गठन असंवैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले मुद्दा दायर गरेका थिए ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० १७:१२