देशमा लोडसेडिङ घोषणा गरिदिनुस् : सांसद साह

काठमाडौं— आम जनता पार्टीका सांसद प्रभु साहले देशमा लोडसेडिङ घोषणा गर्न सुझाव दिएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उनले दैनिक अघोषित लोडसेडिङ गर्नु भन्दा घोषणा गरे रै विद्युत कटौति गर्न सुझाव दिए ।
‘यो देशमा लोडसेडिङ छ कि छैन? यदि छैन भने तराई मधेसमा दिन दिनै किन काटिन्छ बिजुली?’, उनले भने, ‘छिन छिनमै लाइन काटिएर तराईमा बाँच्नै नसक्ने अवस्था छ । विद्युत् प्राधिकरणको लापरबाहीले तराई मधेशका मानिसको जीवन नारकीय भएको छ ।’ पछिल्लो समय प्राधिकरणको लापरबाहीका कारण आम नागरिकले ज्यान गुमाउनु परेको उनको आरोप छ ।
‘रौतहटमा केही महिनायता २४÷२५ जनाको मृत्यु करेन्ट लागेर भयो। प्राधिकरणको यो लापरबाहीको जिम्मेवारी कसले लिने?,’ उनले प्रश्न गरे ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० १६:३४