काठमाडौं— माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रतिपक्ष दलले रातलाई दिउँसो भन्न खोजेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले प्रमुख प्रतिपक्ष दलले क्विन्टल सुन प्रकरणमा प्रधानमन्त्री, गृहमन्त्री तथा अर्थमन्त्रीको समेत संलग्नता रहेको आरोप लगाएपछि उनले प्रतिपक्षले दिउँसै रात पार्न खोजेको र रातलाई दिउँसो भन्न थालेको टिपप्णी गरे ।
उनले भने ‘दिउँसै रात पार्न खोजिएको थियो । रातलाई दिउसो बनाइदैँ छ । भ्रष्टाचारलगायत कतिपय विषयहरुको सरकारले छानविन गर्ने प्रक्रिया अघि बढेको छ माननीय ज्यूहरुलाई टाउको नदुखाउन म अनुरोध गर्छु । सरकार अगाडि बढोेस् ।’
उनले सरकारले कसैको अनुहार नहेरी प्रमाणका आधारमा छानविन अघि बढाउन सरकारलाई आग्रह गरे । ‘बाँकी रहेका उठेका कतिपय विषयहरुमा पनि सरकारले छानविन गरेर व्यक्तिको अनुहार हेर्ने होइन उसको काम र शैलीलाई हेरेर सुशासनको पक्षमा अगाडि बढ्न म सरकारलाई विशेष अनुरोध गर्न चाहन्छु,’ उनले भने ।
दोषिलाई कारबाही गर्ने कुरा महत्वपूर्ण भएको भन्दै उनले कुनै पनि दोषिलाई कारबाही गर्दा सांसदहरु खुशी हुनुपर्ने बताए । ‘माछो सानो ठुलोको कुरा होइन् । दोषिलाई कारबाही गर्ने कुरा हो । माननीय ज्यूहरु त खुसी हुनु पर्ने हो यो कुरा । ’