कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं— नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बुधबार ४ बजे बस्दैछ । आजै बस्ने केन्द्रीय कार्यसमिति बैठक अगाडि पदाधिकारी बैठक बस्न लागेको हो ।
पदाधिकारी बैठकमा कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले उठाएका विषयमा छलफल हुनेछ ।
साथै केन्द्रीय कार्यसमिति बैठकमा बोल्न लागेका सभापति शेरबहादुर देउवाले बैठकका निर्णय सुनाउने छन् ।
पदाधिकारी बैठकले निर्णयको टुंगो लगाउने बताइएकाे छ ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० ०७:४८













