News Griha :: न्यूजगृह
बाढीले बगाएर एक महिला बेपत्ता

लुम्बिनी— दानव खोलाको बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन् ।

दाउराको जोहो गर्न खोला किनार गएकी ३५ वर्षीय मालती यादव बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

रूपन्देहीको सम्मरीमाई गाउँपलिका–७ हर्दी घर भएकी यादवले बाढीले बगाएर ल्याउँदै गरेको दाउरा टिप्न खाेज्दा खुट्टा चिप्लेर खोलामा बेपत्ता भएको पारिवारिक स्रोतको भनाइ छ ।

मंगलबार ११ बजेदेखि खोलाको बाढीमा हराइरहेकी यादवको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक दिपेश खरेलले बताए । 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २१:१९
Weather Update