भोलिबाट एसईई परीक्षा, तयारी पूरा

काठमाडौं— यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि शुक्रबारदेखि सुरु हुँदैछ । ५ लाख १६ हजार ५ सय ७७ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । चैत्र १७ गते शुक्रबारदेखि चैत्र २९ गतेसम्म एसईई परीक्षा चल्नेछ ।
एसईई परीक्षाका लागि प्रश्नपत्रहरू केन्द्रसम्म पुर्याइसकिएको बोर्डले जनाएको छ । बोर्डको भनाइमा एसईईका लागि २ हजार ३७ वटा परीक्षा केन्द्र तय गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९ ०७:०९













