मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्कियो, ११ घाइते

चितवन— नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक र बस ठोक्किँदा ११ जना घाइते भएका छन् ।
मंगलबार बिहान ७:३० बजे भरतपुर महानगरपालिका–२९ स्थित १४ किलो पुल नजिकै नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक ठोक्किएका हुन् ।
दुर्घटनाबाट घाइते भएकाहरुलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार घाइते सबैको अवस्था सामान्य छ । ट्रक र बसलाई व्यवस्थापन कार्य भइरहेको पण्डितले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८० ०८:५८