भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरोको जोखिम [अपडेट]
![भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरोको जोखिम [अपडेट]](https://newsgriha.com/uploads/posts/badhipahiro-flood-nepal1690251384.jpg)
काठमाडौं— भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरोको जोखिम बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टाको अवस्थाबारे जानकारी गराउँदै मकवानपुर,चितवन, तनहुँ, नवलपरासी,पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बर्दिया, कैलाली आसपास भारी वर्षा मापन भएको जनाएको छ ।
उक्त जिल्लाका साना खहरे तथा खोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ ।
बाढीपहिरोका कारण राजमार्ग अवरूद्ध हुन सक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८० ०७:५७