
राजविराज— सरकारबाट प्राप्त हुने सेवासुविधा माग गर्दै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) पुनः आन्दोलनमा उत्रिएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र इसीडी शिक्षकले धर्ना दिएका हुन् ।
नगरपालिकाले गत आर्थिक वर्षको दुई त्रैमासिकको तलब नदिएको कर्मचारी तथा शिक्षकले बताएका छन् ।
सोमबार विहानदेखि बेलुकीसम्म धर्नामा बसेका कर्मचारी र शिक्षकले माग पूरा नभएसम्म धर्ना दिने बताए ।
संघर्ष समितिका अध्यक्ष विद्यालय कर्मचारी इन्द्र नारायण राउतले नेतृत्व गरेको सो धर्ना कार्यक्रमा ५७ जना विद्यालय कर्मचारी र इसीडी शिक्षक सहभागी थिए ।
नगरका शिक्षा शाखा अधिकृत हरि नारायण शाहले बिनाकारण कर्मचारी तथा शिक्षकको हाजिरी काटेर दैनिकी तलब कटौती गर्ने र लामो समयसम्म तलब नदिने विरुद्ध धर्नामा बसेको राउतले बताए ।