शिक्षकको अन्तरविद्यालय सरुवा हुने

काठमाडौं— काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकको अन्तरविद्यालय सरुवा हुने भएको छ ।
महानगरले तयार पारेको सामुदायिक विद्यालयका प्रधानाध्यापक छनोट र अन्तरविद्यालय शिक्षक सरुवासम्बन्धी कार्यविधिमा साे व्यवस्था गरिएको छ ।
महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले ‘दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापनसम्बन्धी कार्यविधि—२०८०’ मा मार्फत अन्तर विद्यालय शिक्षक सरुवाकाे व्यवस्था गरिएको जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८० ०७:१३