कहाँ-कहाँ वर्षा भइरहेको छ ?

काठमाडौं— देशका केही भागमा मंगलबार भारी वर्षाको सम्भावना रहेको छ । केही क्षेत्रमा गएरातिदेखि नै भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार कोसी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । विभागले आज राति देशभर सामान्य बदली रहने जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८० ०६:१७