सभापति देउवा र चिनियाँ नेता यु आनबीच भेटवार्ता

काठमाडौं— नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यु आन च्या च्युनबीच भेटवार्ता भएको छ ।
काठमाडौंमा सोमबार भएको भेटमा उनीहरूबीच दुई देशको द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य यु आन तीनदिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका हुन् ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० २१:४०