प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच इटालीको रोममा भेटवार्ता भएको छ ।
उनीहरूबीच इटालीमा भइरहेको ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ स्टोकिङ मुभमेन्ट’ को क्रममा सोमबार भेटवार्ता भएको हो ।
प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार उनीहरूबीच जलवायु परिवर्तन, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसंघको सम्बन्धलाई बलियो बनाउनेलगायत गम्भीर विषयहरू छलफल भएको थियो ।
प्रधानमन्त्री दाहाल राष्ट्रसंघको खानी तथा कृषि संगठनको मुख्यालयमा भाग लिन शनिबार त्यसतर्फ गएका थिए ।
दाहाल बिहीबार नेपाल फर्कने कार्यक्रम छ ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० १९:४५