पूर्णबहादुर खड्काले देउवालाई ‘सरी सभापतिज्यू’ भनेपछि...
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई धेरै बोलेको भन्दै बीचमै रोके । सोमबार केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति खड्काले लामै बोलेका थिए ।
धेरै बोलेपछि खड्कालाई सभापति देउवाले भने,‘एक घण्टा बोलिसक्नुभयो । बोल्नुस् ! बोल्नुस् ।’
खड्काले आफूले अझै केही कुरा राख्न चाहेको बताउँदै देउवातिर हेरे ।
त्यसपछि सभापति देउवाले,‘एक घण्टा बोल्नुभयो’ भन्दा उपसभापति भने,‘एक घण्टा भयो र ? सरी सभापतिज्यू ।’
त्यसपछि देउवा हाँसे । बैठकमा उपस्थित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पनि हाँसो रोकिएन ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० १९:१२