News Griha :: न्यूजगृह
अमूक पार्टी कार्यालयमा गएर टीका लगाउने न्यायाधीश नियुक्ति गरिन्न : धनराज गुरुङ

काठमाडौं— नेपाली कांग्रेसका उपसभापतिसमेत रहेको कानुनमन्त्री धनराज गुरुङले अमूक पार्टी कार्यालयमा गएर टीका लगाउने गरेर न्यायाधीश नियुक्ति नगर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार सानेपामा जारी पार्टीको केन्द्रीय कार्यसमितिको छैटौं दिनको बैठकमा मन्त्री गुरुङ न्यायाधीश नियुक्तिको विषयमा भने अलि ढिलो भएको स्वीकार गरे ।

उनले कार्यक्षमतालाई हेरेर पहिलेजस्तो न्यायाधीश नियुक्ति भएपछि अमूक पार्टी कार्यलयमा गएर टीका लगाउँने गरेर न्यायाधीश नियुक्ति नगर्ने प्रतिबद्धता पनि जनाए ।

उनले भने,‘न्यायाधीश नियुक्तिको विषयमा अलि ढिलो भएको छ । मेरो प्रतिबद्धता कार्यक्षमतालाई हेरेर पहिले जस्तो न्यायाधीश नियुक्ति भएपछि अमूक पार्टी कार्यालयमा गएर टीका लगाउँने गरेर न्यायाधीश नियुक्ति गरिन्न ।’

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १८:३६
Weather Update