News Griha :: न्यूजगृह
बालकृष्ण खाण लक्षित गगनको अभिव्यक्ति— फौजदारी अभियोग लागेका नेतालाई निलम्बन गर्नुपर्छ

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका कांग्रेस नेता बालकृष्ण खाण लक्षित अभिव्यक्ति दिएका छन् ।

सोमबार पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा थापाले पार्टीका कुनै नेतालाई फौजदारी अभियोग लागे निलम्बन गर्नुपर्ने लिखित प्रस्ताव राखेका छन् ।

थापाले सुशासनसम्बन्धी १३ पृष्ठ लामो लिखित प्रस्ताव राखेका छन् । ‘कुनै पनि व्यक्तिमाथि फौजदारी अभियोग लाग्छ भने पार्टीसँग अलग राख्नुपर्छ, त्यस्तो अवस्था हुन्न भने निलम्बन गर्नुपर्छ,’उनको प्रस्ताव छ ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १८:२५
Weather Update