News Griha :: न्यूजगृह
दुई करोडको अवैध सामानसहित चार ट्रक नियन्त्रणमा

काठमाडौं— वीरगंज महानगरपालिका–८ घण्टाघरबाट सोमबार सशस्त्र प्रहरीले झन्डै १ करोड ९८ लाख २० हजार ३ सय १५ रुपैयाँ बराबरको सामानसहित चार वटा ट्रक नियन्त्रणमा लिएको छ ।

बिलविजक भन्दा बढी र फरक सामान बोकेको भन्ने विशेष सूचनाको आधारमा नम्बर १३ गण पर्साले वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना २ ख ९४९१, ना ४ ख ८३३४, ना ३ ख १००९ र ना ३ ख ८०३९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

सशस्त्रका प्रवक्त तथा डीएसपी शैलेन्द्र थापाले नियन्त्रणमा लिइएका ट्रकमा औषधी, किराना तथा हार्डवयर र कम्प्युटरका पार्ट्स लगायतका सामान रहेको बताए ।

सामान सहितका ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको थापाले बताए ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १७:०९
Weather Update