यी ठूला नदीमा कस्तो रहला जल सतह ?

काठमाडौं— बाढी पूर्वानुमान महाशाखाले केही नदीहरुमा ३ दिन बाढी जोखिम न्यून रहने बताएको छ ।
महाशाखाले एक बुलेटिन जारी गर्दै आगामी ३ दिन नदीमा सतर्कता तह भन्दा तलै रहने बताएको छ ।
महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सामान्य घटबढ हुनेछ । सतर्कता तह भन्दा तलै रहने छ । आगामी ३ दिन बाढीको जोखिम न्यून छ ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० ०६:२४