News Griha :: न्यूजगृह
इलामको बारफल्याङ र आसपासको क्षेत्रमा भारी वर्षा

काठमाडौं— इलामको बारफल्याङ र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ ।

झापाको विरिङ लगाएत अन्य ससाना खोलाहरूमा आकस्मिक बहाव हुन सक्ने भएकाले नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यता काठमाडौं उपत्यका आसपास नगरकोट, बूढानीलकण्ठ, ककनी, धादिङ धुनीबेसी लगायतका स्थानमा पछिल्लो आइतबार राति भारी वर्षा मापन भएको थियो ।

साथै विष्णुमती नदीमा जलसतह उच्च हुँदा आसपासका क्षेत्रमा क्षति पुगेको छ  ।

पुनः वर्षा हुँदा विष्णुमती, मनोहरा, बल्खु खोलालगायतका नदीहरू बढ्ने भएकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०६:१२
Weather Update